महाकवि देवकोटा क्याम्पसमा Re-Accreditation अन्तर्गत Final Visit सम्पन्न
महाकवि देवकोटा क्याम्पसले वि.सं.२०७४ मंसिरमा १२० वटा खुटकिला पार गर्दै गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गरेको थियो । प्रत्येक ५/५ वर्षमा उक्त (QAA) प्रमाणपत्र नवीकरण गर्नु पर्ने प्राबधान अनुसार क्याम्पसले २०७८ फागुन १ मा LOI पेश गरेको थियो । सोही महिनाको ३० गते क्याम्पसद्वारा पेश गरिएको LOI पास भए पश्चात् वि.सं. २०७९ कार्तिक २१ गते क्याम्पसले SSR पेश गरेको थियो । विश्वविद्यालय अनुदान आयोगको Technical Committee द्वारा SSR को अध्ययन गरी पास गरे पश्चात् वि.सं.२०७९ माघ २३ मा प्रा.डा.शिवकुमार राई ज्यूको संयोजकत्व साथै विश्वविद्यालय अनुदान आयोगकी कर्मचारी भगवती पौडेल सहितकोे Peer Review Team गठन गरिएको थियो उक्त Peer Review Team ले २०८० वैशाख १९ देखि २१ गते सम्म क्याम्पससंग सम्बद्ध समग्र पक्षहरु जस्तै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु, प्रध्यापनरत शिक्षक शिक्षिकाहरु, संकाय प्रमुख तथा संयोजकहरु, रोजगार दाताहरु, पूर्व विद्यार्थीहरु, अभिभावकहरु, क्याम्पस अन्तर्गतका विभिन्न शाखाहरु, कर्मचारीहरु, SAT र IQAC, क्याम्पस संचालक समिति र क्याम्पस प्रमुखसंग अन्तक्रिया गरी महत्वपूर्ण सुझाव दिएको थियो । PRT द्वारा दिइएका सुझावहरुको सम्बोधन गरी क्याम्पसले प्रतिवेदन पेश गरेको थियो सोहि क्रममा २०८० असोज ३ देखि ७ गते सम्मFinal Visit सम्पन्न भएको छ । उक्त Final Visit मा प्रा.डा.शिवकुमार राईको संयोजकत्व साथै प्रा.डा.ज्योति उपाध्याय देवकोटा, विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक नारायण भण्डारीको सहभागिता रहेको थियो ।