दुई दिने प्रस्तावना लेखन कार्यशाला सम्पन्न
![](https://www.mdc.edu.np/wp-content/uploads/2024/10/462695227_570732841964578_1305818947815408493_n.jpg)
महाकवि देवकोटा क्याम्पस अन्तर्गत अनुसन्धान व्यवस्थापन शाखाको आयोजनामा मिति २०८१/०६/२२ गतेका दिन शुरु भएको दुई दिने प्रस्तावना लेखन कार्यशाला मिति २०८१/०६/२३ गतेका दिन सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता, निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेलको विशेष आतिथ्यता, प्रा.डा. शिवकुमार राईको प्रमुख प्रशिक्षकत्वमा सञ्चालन भएको उक्त कार्यशालामा क्याम्पस प्रमुख सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु, कार्यक्रम संयोजकहरु साथै क्याम्पसमा प्रध्यापनरत शिक्षक तथा कर्मचारी गरी ३२ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक राईले अनुसन्धानकार्यको लागि प्रस्तावना लेखनको उद्धेश्य, तरिका साथै अनुसन्धानकार्यबाट लिन सकिने फाइदाको बारेमा स्पष्ट पार्नुभएको थियो । कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष लामिछानेले दुई दिने प्रस्तावना लेखन कार्यशालाबाट क्याम्पसमा प्रध्यापनरत शिक्षक शिक्षिकाहरु अनुसन्धान कार्यमा लाग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा क्याम्पसमा अध्यापनरत शिक्षकहरुले प्रस्तावनाको नमुना प्रस्तुत गर्नुभएको थियो भने शिक्षक बविन शर्माले कार्यशालामा आफ्नो अनुभव मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक विकाश रानाले गर्नुभएको थियो ।