चौधौँ क्याम्पस सभा सम्पन्न
![](https://www.mdc.edu.np/wp-content/uploads/2025/01/IMG_8204-scaled.jpg)
महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा मिति २०८१/०९/१७ गतेका दिन क्याम्पसमा एक वर्षसम्म भए गरेका सम्पूर्ण गतिविधिहरु सरोकारवालाहरु समक्ष पुर्याउने उद्धेश्यले क्याम्पसको चौधौँ क्याम्पस सभा सम्पन्न भएको छ ।
क्याम्पस संचालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता, प्रतिनिधि सभा सदस्य माननीय सांसद, पूर्व मन्त्री ध्रुव बहादुर प्रधानको प्रमुख आतिथ्यता, सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालको विशिष्ट आतिथ्यता, क्याम्पस संस्थापक अध्यक्ष एवम् क्याम्पस संरक्षक थानप्रसाद गैरे, निवर्तमान अध्यक्ष एवम् क्याम्पस संरक्षक विष्णुप्रसाद पौडेल द्वयको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त सभामा रामग्राम नगरपालिकाका पूर्व नगर प्रमुख किरन ज्ञवाली, सुनवल नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनी, उद्योग वाणिज्य संघ नेपालका केन्द्रीय सदस्य, एवं क्याम्पस संरक्षक केशवप्रसाद भण्डारी, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष, क्याम्पसको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्याउनुहुने क्याम्पस संचालक समितिका वर्तमान तथा पूर्व पदाधिकारी, सल्लाहकार समितिका वर्तमान तथा पूर्व पदाधिकारी, क्याम्पस संरक्षक, क्याम्पसका आजीवन सदस्य, अक्षयकोष दाता, क्याम्पस सभाका मनोनित सदस्य, यस क्षेत्रका विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ सस्थाका प्रतिनिधि , पत्रकार, सुरक्षाकर्मी, अभिभावक, विद्यार्थी तथा क्याम्पसका शिक्षक कर्मचारी लगायत दुईसय पचास बढीको सहभागितामा सभा सम्पन्न भएको थियो ।
सभामा शुभकामना मन्तव्यका क्रममा विशिष्ट अतिथि अर्यालले नगरपालिका क्याम्पसलाई जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको भन्दै क्याम्पस सुनवलको गहना भएको विचार व्यक्त गर्नु भयो । शुभकामना मन्तव्य कै क्रममा प्रमुख अतिथि माननीय सांसद प्रधानले यस क्षेत्र मै अव्वल क्याम्पसका रुपमा स्थापित देवकोटा क्याम्पसलाई आगामी दिनमा पनि सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । उक्त सभामा क्याम्पस प्रमुख नारायणप्रसाद ढकालले क्याम्पसको आर्थिक, भौतिक र शैक्षिक पक्षहरु समेटिएको क्याम्पस ‘प्रतिवेदन २०८१’ सभामा प्रस्तुत गर्नुभएको थियो । उक्त सभाले क्याम्पसको वार्षिक ‘प्रतिवेदन २०८१’ , निर्णय पुस्तिका प्रमाणित गर्न क्याम्पस सभाबाट दुई जना व्यक्ति तोक्ने र चालु वर्षको लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको थियो ।
उक्त अवसरमा क्याम्पस संस्थापक अध्यक्ष थानप्रसाद गैरे, निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेल, पूर्व क्याम्पस प्रमुख श्रवण कुमार कुशवाहा, अनिल कुमार बस्नेतलाई सम्मान पत्र प्रदान गरिएको थियो । क्याम्पस सभाको विशेष अवसरमा क्याम्पसमा उत्कृष्ट कार्य गर्ने सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी. साथै लेखापाल कलक बहादुर क्षेत्रीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सोही अवसरमा शिक्षक विकाश रानाको संयोजकत्वमा गठित अनुसन्धान व्यवस्थापन शाखाद्वारा प्रकाशनको तयारी गरेको साथै जम्मा सात वटा अनुसन्धानात्मक लेख समेटिएकोे देवकोटा जर्नल अफ इनटरडिसिपिलिनरी स्टडिजको भोलुम ६ विमोचन गरिएको थियो । सभामा क्याम्पसको नयाँ मोवाइल एप र वेभसाइट समेत लन्च गरिएको थियो ।
कार्यक्रममा सल्लाहकार संयोजक बोधराज घिमिरे, सल्लाहाकर सदस्य यज्ञ प्रसाद पाण्डे, क्याम्पस आजीवन सदस्य कृष्ण बन्धु अर्याल, विद्यार्थी परिषद् सभापति एलिशा बस्याल, अभिभावक मिना पराजुली लगायतले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो । सभामा समापन मन्तव्य प्रस्तुत गर्दै सभाध्यक्ष लामिछानेले क्याम्पसले सोचे अनुसारका लक्ष्यहरु प्राप्त गरिरहेकोे र त्यसको श्रेय क्याम्पस सभाका सबै मान्य सदस्यहरुलाई नै जान्छ भन्दै क्याम्पसको विकासमा आफूलाई साथ र सहयोग पुर्याउने सम्पूर्ण महानुभावलाई धन्यवाद दिनुभयो । सुनवल नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनीको स्वागत मन्तव्य रहेको उक्त सभाको सञ्चालन उप प्राध्यापक हरिदत्त शर्माले गर्नुभएको थियो ।