पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न
महाकवि देवकोटा क्याम्पसको आयोजना साथै लक्ष्मी सनराइज बैंकको प्राविधिक सहयोगमा विश्व लगानी सप्ताह २०२४को विशेष अवसर पारी मिति २०८१/०७/०७ गतेका दिन यसै क्याम्पसको सभाहलमा वि.वि.ए र वि.आइ.सि.टि.इ. प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई नेपालको पूँजी बजारको अवस्थाको बारेमा जानकारी गराउने उद्धेश्यले पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद ढकालको अध्यक्षता, लक्ष्मी सनराइज क्यापिटलका वरिष्ठ बैंङ्किङ अधिकृत सन्दीप प्रधान, मुख्य बैंङ्किङ अधिकृत अशोक गिरी, लक्ष्मी सनराइज बैंक सुनवलका शाखा प्रबन्धक अर्जुन पाण्डे, सम्बन्ध विकास प्रबन्धक निरज कमल शर्मा, सोही बैंकका परासी शाखा प्रबन्धक प्रकाश पन्तको प्रशिक्षकत्व रहेको उक्त कार्यक्रममा यसै क्याम्पसमा प्रध्यापनरत शिक्षक÷शिक्षिका साथै वि.वि.ए र वि.आइ.सि.टि.इ. प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गरी ७५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई पूँजी बजार सम्बन्धी ज्ञान प्रदान गरिएको थियो ।