बिजनेश प्लान कम्पिटिसन सम्पन्न
![](https://www.mdc.edu.np/wp-content/uploads/2025/02/Prabin-Gautam-PERFECT-WEDDING-STUDIO-179-scaled.jpg)
मिति २०८१/१०/१५ गतेका दिन महाकवि देवकोटा क्याम्पस अन्तर्गत वि.वि.ए. छैठौं सेमेस्टरको आयोजना, क्याम्पसको संरक्षकत्व साथै विभिन्न २८ संघ संस्थाहरुको प्रायोजनमा सुनवल स्थित होटल रिर्बनको सभाहलमा बिजनेश प्लान कम्पिटिसन सम्पन्न भएको छ ।
वि.वि.ए. छैटौं सेमेस्टरमा अध्ययनरत छात्र रविन्द्र अधिकारीको अध्यक्षता, सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्र्रमुख आतिथ्यता, क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको विशिष्ट अतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य क्याम्पस संचालक समिति सदस्य केशव प्रासद भण्डारी, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष ओमप्रकाश अग्रहरी, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, क्याम्पस संचालक साथै सल्लाहकार समितिका पदाधिकारीहरुको उपस्थिति रहेको सो प्रतियोगितामा नवलपरासी, रुपन्देही र कपिलवस्तुका गरी १३ समूहको सहभागिता रहेको थियो । सो अवसरमा नगरप्रमुख अर्यालले युवा विद्यार्थीहरुले अध्ययनकै शिलशिलामा खोज अनुसन्धान गरी प्रस्तुत गरिएका व्यवसायिक योजना प्रस्तुत गरेकोमा सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि लामिछानेले सिर्जनशील व्यवसायिक योजना प्रस्तुतिकरण गरी नौलो प्रयोग गरेकोमा सबैलाई धन्यवाद दिँदै प्रस्तुत गरिएका योजना व्यवसायमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य केशव प्रसाद भण्डारी, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष ओमप्रकाश अग्रहरी लगायतले व्यवसायिक योजानलाई व्यवसायमा रुपान्तरण गरी राष्ट्र निर्माणमा टेवा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
१३ समूहको प्रतिस्पर्धा रहेको उक्त प्रतियोगितामा कामदाम शीर्षकको व्यवसायिक योजना प्रस्तुत गरी ८२.५ अङ्कका साथ लुम्बिनी वाणिज्य क्याम्पस बुटवल प्रथम भएको छ । खेरजाने धानको परालबाट भाँडा बनाउने व्यवसायिक योजना प्रस्तुत गरी ८० अङ्कका साथ बुटवल बहुमुखी क्याम्पस बुटवल द्वितीय छ भने भुसबाट कप बनाउने योजना प्रस्तुत गरी ७९ अङ्कका साथ स्काइ इन्टरनेशनल कलेज बुटवल तृतीय भएको हो । कार्यक्रममा सूचना प्रविधि, साना तथा मझौला उद्योग, वातावरण मैत्री उद्योग, कृषिसंग सम्बन्धीत उद्योग जस्ता शीर्षकमा व्यवसायिक योजना प्रस्तुत गरिएको थियो ।
प्रथम, द्वितीय र तृतीय हुने क्याम्पसलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद, प्रमाणपत्र साथै सिल्ड प्रदान गरिएको थियो । कार्यक्रममा प्रायोजकलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो । राष्ट्रिय वाणिज्य बैंक परासीका शाखा प्रबन्धक हेम खनाल र युवा उद्यमी प्रविना घिमिरे निर्णायक मण्डलमा रहनुभएको थियो । क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन छात्रा समिक्षा गैरे र जोसना नेपालले गर्नु भएको थियो ।