महाकवि देवकोटा क्याम्पसमा खाना महोत्सव सम्पन्न

महाकवि देवकोटा क्याम्पस विविए चौथो सेमेस्टरको आयोजनामा मिति २०८०/०९/०६ गतेका दिन यसै क्याम्पसको प्राङ्गणमा खाना महोत्सव सम्पन्न भएको छ ।

महाकवि देवकोटा क्याम्पस विविए चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी रविन्द्र अधिकारीको अध्यक्षता, यसै क्याम्पसका सञ्चालक समिति अध्यक्ष कृष्णप्रसाद लामिछानेको प्रमुख आतिथ्यता, सुनवल नगरपालिकाका नगर प्रमुख एवं क्याम्पस सञ्चालक समिति सदस्य विमला अर्यालको विशेष आतिथ्यता, क्याम्पसका संस्थापक अध्यक्ष थानप्रसाद गैरे, निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडेल द्वयको विशिष्ट आतिथ्यता रहेको सो महोत्सवमा क्याम्पस संरक्षक एवं सञ्चालक समिति सदस्य गोपालप्रसाद शर्मा, उद्योग वाणिज्य सघंका केन्द्रिय सदस्य एवं क्याम्पस सञ्चालक समिति सदस्य केशवप्रसाद भण्डारी, समाजसेवी मोहन कार्की, यसै क्याम्पसका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु,विविए, विआइसिटिइ, विविएस,वि.एड. मा अध्ययनरत विद्यार्थीहरु गरी २५० बढीको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लामिछानेले विविए अध्ययन गर्ने विद्यार्थीहरुमा व्यवसयिक प्रयोगात्मक ज्ञान दिने उद्धेश्यले सञ्चालन गरिएको यस्ता कार्यक्रमले विद्यार्थीहरुमा व्यवसायिक ज्ञान प्रदान गर्ने भन्दै सम्पूर्णलाई धन्यवाद दिनुभयो । सो महोत्सवमा मोमो, पकौडा, फुल्की, चटपट, ललिपप,फ्रेन्चफ्राइ, चिया, कफी लगायतका परिकारहरु बनाएका थिए । उक्त अवसरमा सहभागिहरुलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो सो कार्यक्रममा विभिन्न संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई थप रामाञ्चित बनाउन अभिभावकहरुको लागि घैंटो फुटाइ प्रतियोगिता संचालन समेत गरिएको थियो । उक्त कार्यक्रममा विविए चौथो सेमेस्टरमा अध्ययनरत छात्रा शोभा यादवको स्वागत मन्तव्य साथै विविए प्रथम, तेस्रो र छैठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको सञ्चालन रहेको थियो