महाकवि देवकोटा क्याम्पसमा नेपालको मौद्रिक नीति सम्बन्धी कार्यक्रम सम्पन्न
महाकवि देवकोटा क्याम्पस स्नातक तह व्यवस्थापन सङ्काय अन्तर्गत वि.वि.ए. प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि अर्थशास्त्र विषयको विषयगत आंशिक पाठ्यभार पूरा गर्ने उद्धेश्यले नेपालको मौद्रिक नीति सम्बन्धी सेमिनार सम्पन्न भएकोे छ ।
ग्लोबल आइ.एम.इ. बैंकका ट्रेजरी हेड एण्ड इन्टरनेशनल बैंकिङ अनन्तराज काफ्लेको प्रमुख प्रशिक्षकत्वमा सञ्चालन भएको उक्त कार्यक्रममा यसै क्याम्पसका शिक्षा तथा मानविकी सङ्काय प्रमुख उप प्राध्यापक बबिन शर्मा, वि.आइ.सि.टि.इ.कार्यक्रमका संयोजक उप प्राध्यापक हरिदत्त शर्मा, अनुसन्धान व्यवस्थापन शाखाका संयोजक विकाश राना, वि.वि.ए. प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गरी करिव ३५ जनाको सहभागिता रहेको थियो । सो अवसरमा प्रशिक्षक कफ्लेले नेपालको मौद्रिक नीतिको बारेमा जानकारी गराउँदै मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा स्पष्ट पार्नुभएको थियो । अन्तरक्रियाका क्रममा प्रशिक्षक काफ्लेले विद्यार्थीहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभएको थियो । उक्त कार्यक्रममा शिक्षक विकाश रानाले सहजिकरण गर्नुभएको थियो ।