महाकवि देवकोटा क्याम्पसमा EMIS क्षमता विकास तालिम सम्पन्न

विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोग र महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा आज मिति २०८०/०२/१९-२१ गतेका दिन EMIS (Education management Information System) मा कार्यरत कर्मचारीहरुको कार्यक्षमता विकास गर्ने उद्धेश्यले तीन दिने इ.एम.आइ.एस क्षमता विकास तालिम सम्पन्न भएको छ ।

महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता,क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता साथै त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक परशुराम उपाध्यायको प्रमुख प्रशिक्षकत्व साथै विजय अधिकारीको सहायक प्रशिक्षकत्व रहेको उक्त तालिममा क्याम्पसका सहायक क्याम्पस प्रमुख, बर्दघाट सुस्ता पश्चिम नवलपरासी, पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा लगायतका जिल्लाका विभिन्न क्याम्पसका लेखा र शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली शाखामा कार्यरत कर्मचारी गरी ५० बढीको सहभागिता रहेको थियो । तालिममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि लामिछानेले यस्ता तालिमले कर्मचारीको क्षमता विकास हुने र काममा निखार आउने विचार राख्नु भयो । तालिमको पहिलो दिन प्रशिक्षक अधिकारीले इ.एम.आइ.एस. को परिचय, डिजाइनिङ, रिसिभिङ डाटा बेस फ्रम एक्सलको बारेमा प्रयोगात्मक ज्ञान दिनु भएको थियो भने प्रमुख प्रशिक्षक उपध्यायले ग्रफिक डिजाइनिङ,वर्डप्रेस फर मेन्टेनिङ द वेभ सफ्ट वेयरको बारेमा प्रशिक्षित गर्नु भएको थियो । कार्यक्रममा सर्वजनिक सूचना शाखाका संयोजक हरिदत्त शर्माको संचालन रहेको थियो ।