महाकवि देवकोटा क्याम्पस QAA Re-Accredited

हार्दिक बधाइ तथा शुभकामना

महाकवि देवकोटा क्याम्पस बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्ला अन्तर्गत सुनवल नगरपालिका वडा नं.४ मा स्थापना भएको गैरनाफामूलक सामुदयिक शैक्षिक संस्था हो । वि.सं.२०६० सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भएको यो क्याम्पस यस समुदायको उच्च शिक्षाको आवश्यकता पूरा गर्न अगाडि बढी रहेको छ ।

महाकवि देवकोटा क्याम्पसले वि.सं.२०७४ मंसिरमा १२० वटा खुट्किला पार गर्दै यो क्याम्पसले वि.सं.२०७४ सालमा सबैको साथ र सहयोगबाट गुणस्तर शुनिश्चितता तथा प्रयायन -(QAA) Quality assurance and Accreditation प्रमाणपत्र प्राप्त गरिसकेको छ । प्रत्येक ५/५ वर्षमा उक्त (QAA) प्रमाणपत्र नवीकरण गर्नुपर्ने प्रावधान अनुसार क्याम्पसले २०७८ फागुन १ मा LOI पेश गरेको थियो । सोही महिनाको ३० गते क्याम्पसद्वारा पेश गरिएको LOI पास भए पश्चात् वि.सं. २०७९ कार्तिक २१ गते क्याम्पसले क्क्च् पेश गरेको थियो । विश्वविद्यालय अनुदान आयोगको Technical Committee द्वारा SSR को अध्ययन गरी पास गरे पश्चात् वि.सं.२०७९ माघ २३ मा प्रा.डा.शिवकुमार राई ज्यूको संयोजकत्व साथै विश्वविद्यालय अनुदान आयोगकी सह निर्देशक भगवती पौडेल सहितकोे Peer Review Team गठन भएको थियो । उक्त Peer Review Team ले २०८० वैशाख १९ देखि २१ गते सम्म क्याम्पससँग सम्बद्ध समग्र पक्षहरुसँग अन्तत्र्रिया गरी महत्वपूर्ण सुझाव दिएको थियो । PRT द्वारा दिइएका सुझावहरुको सम्बोधन गरी क्याम्पसले प्रतिवेदन पेश गरेको थियो ।

२०८० असोज ३ देखि ७ गते सम्म Final Visit सम्पन्न भएको छ । उक्तFinal Visit मा प्रा.डा.शिवकुमार राईको संयोजकत्व साथै प्रा.डा.ज्योति उपाध्याय देवकोटा, विश्वविद्यालय अनुदान आयोगका सहनिर्देशक नारायण भण्डारीको सहभागिता रहेको थियो ।Final Visit सम्पन्न भए पश्चात् विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको मिति २०८०/१०/१९ गतेको निर्णय अनुसार क्याम्पसको (QAA) प्रमाणपत्र नवीकरण Re-accredited भएको छ । यस महत्वपूर्ण कार्यमा सहयोग पुर्याउनु हुने क्याम्पस सञ्चालक समिति, सल्लाहकार समिति, यस क्षेत्रका माननीय सांसद र विधायक ज्यूहरु, सुनवल नगरपालिका, क्याम्पस संरक्षक ज्यूहरु, आजीवन सदस्य ज्यूहरु, अक्षयकोषदाता ज्यूहरु, यस संस्थामा कार्यरत शिक्षक कर्मचारीहरु, अध्ययनरत विद्यार्थी र अभिभावक ज्यूहरु, क्याम्पसका पूर्व विद्यार्थीहरु, स्थानीय रोजगारदाता ज्यूहरु, चन्दादाता ज्यूहरु, पूर्व सञ्चालक एवं सल्लाहकार ज्यूहरु, विभिन्न उप समितिका पदाधिकारी ज्यूहरु, बुद्धिजिवी, शिक्षाप्रेमी, उद्योगपति, व्यापारी, समाज सेवी ज्यूहरु, स्थानीय बासिन्दा साथै क्याम्पसका सम्पूर्ण शुभचिन्तक महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।