शिक्षकहरुको व्यक्तित्व विकास सम्बन्धी तीन दिने कार्यशाला शुभारम्भ

मिति २०८१/०७/०७ गतेका दिन महाकवि देवकोटा क्याम्पस अनुसन्धान व्यवस्थापन शाखाको आयोजना साथै यसै क्याम्पसको सभाहलमा शिक्षकहरुको क्षमता विकास गर्ने उद्धेश्यले सञ्चालन गरिएको शिक्षकहरुको व्यक्तित्व विकास सम्बन्धी तीन दिने कार्यशालाको उद्घाटनसत्र शुभारम्भ भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता, निवर्तमान अध्यक्ष एवं क्याम्पस संरक्षक विष्णुप्रसाद पौडेलको विशिष्ट आतिथ्यता, सुनवल नगरपालिकाका निवर्तमन नगरप्रमुख एवं क्याम्पस संरक्षक भिमबहादुर थापाको विशिष्ट आतिथ्यता, काठमाडौं विश्वविद्यालयका सह प्राध्यापक सविन पन्त, उप प्राध्यापक डाक्टर राजेश शर्मा, युनिभर्सिटी अफ वार्सा पोल्याण्डका उप प्राध्यापक डाक्टर जुलिता म्याज्याक को विशिष्ट आतिथ्यता रहेको उक्त कार्यशालाको उद्घाटनसत्रमा क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, क्याम्पस सल्लाहकार समितिका संयोजक, क्याम्पसमा प्राध्यापनरत शिक्षक÷शिक्षिका एम.वि.एस. अध्ययनरत विद्यार्थीहरु गरी ५० जनाको उपस्थिति रहेको थियो । उद्घाटनसत्रको अवसरमा बोल्दै अध्यक्ष लामिछानेले देवकोटा क्याम्पसले शिक्षक÷शिक्षिकाहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्नको लागि देश तथा विदेशबाट विषयगत विज्ञ निम्त्याएर विभिन्न खालका कार्यक्रम सञ्चालन गरिरहेको र यसबाट शिक्षक÷शिक्षिकाहरुको कार्यक्षमतामा थप निखार आएका्े विचार व्यक्त गर्नुभयो । उक्त कार्यशालाको उद्घाटनसत्रको कार्यक्रम उप प्राध्यापक हरिदत्त शर्माले सञ्चालन गर्नु भएको थियो ।