महाकवि देवकोटा क्याम्पसमा Case Analysis Workshop सम्पन्न

महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा मिति २०८०/०४/२६ गतेका दिन यसै क्याम्पसको स्नातक तह व्यवस्थापन सङ्काय अन्तर्गत BBA दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि एक दिने Case Analysis Workshop सम्पन्न भएको छ ।

महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद ढकालको अध्यक्षता, SEO Analytics, Business Analytics प्रकृति शर्माको प्रशिक्षकत्वमा सञ्चालन भएको उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी. BBAसंयोजक ताराप्रसाद पाण्डे, शिक्षा तथा मानविकी सङ्काय प्रमुख बबिन शर्मा, व्यवस्थापन सङ्काय प्रमुख भिमलाल ढकाल, ECA संयोजक सुलोचना अर्याल,MBS संयोजक पदम पाण्डे, अनुसन्धान व्यवस्थापन शाखाका प्रमुख विकाश राना, BBA दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गरी ४० बढीको सहभागिता रहको थियो । उक्त कार्यक्रममा प्रशिक्षक शर्माले Case Analysis गर्ने तरिका बताउँदै सहभागी विद्यार्थीहरुलाई Case Analysis गर्न लगाउनु भएको थियो । सोही कार्यक्रममा उत्कृष्ट Case Analysis गर्ने समूहलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

कार्यक्रम समापनको अवशसरमा बोल्दै क्याम्पस प्रमुख ढकालले BBA कार्यक्रमको लक्ष्य अनुसार प्रयोगात्मक ज्ञान दिनको लागि कार्यक्रमको आयोजना गरिएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरुमा प्रयोगात्मक ज्ञान र सीपको विकास हुने हुनाले विद्यार्थीहरुको सक्रिय सहभागिता रहनु पर्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा BICTE कार्यक्रमका संयोजक शिक्षक हरिदत्त शर्माले सहजीकरण गर्नु भएको थियो ।