महाकवि देवकोटा क्याम्पसमा Financial Literacy Program सम्पन्न

मिति २०८०/०२/१२ गते शुक्रबारका दिन महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा यसै क्याम्पसको सभाहलमा Financial Literacy Program सम्पन्न भएको छ ।

महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा एन.एम.बि. बैंक शाखा कार्यालय सुनवलका शाखा प्रमुख अर्जुन ज्ञवाली प्रमुख प्रशिक्षक रहनु भएको थियो भने सो कार्यक्रममा एन.एम.बि. बैंकका कर्मचारीहरु, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु, शिक्षक शिक्षिका साथै स्नातक तह व्यवस्थापन संकाय बी.बी.एस. प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरु गरी १५० बढीको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि लामिछानेले स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई यस किसिमको शेयर बजार सम्बन्धि कार्यक्रमले नवीन ज्ञान प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षक ज्ञवालीले बैंक,वचत,शेयर कारोबार आदिको बारेमा स्पष्ट पार्नुभएको थियो । सो कार्यक्रममा शिक्षक भिमलाल ढकालको संचालन र शिक्षिका सुलोचना अर्यालको स्वागत मन्तव्य रहेको थियो ।