Financial Literacy Program सम्पन्न
मिति २०८१/०३/०६ गतेका दिनCitizens Bank International को आयोजना साथै महाकवि देवकोटा क्याम्पस अन्तर्गत विद्यार्थी परामर्श शाखाको सहयोगमा यसै क्याम्पसको सभाहलमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तिय ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता, Citizens Bank International सुनवलका शाखा प्रबन्धक अर्जुन थापाको प्रशिक्षकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा व्यवस्थापन सङ्काय प्रमुख भिमलाल ढकाल, क्याम्पसमा प्रध्यापनरत शिक्षक शिक्षिका, क्याम्पसको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु गरी करिव ७५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक थापाले विद्यार्थीहरुलाई वित्त सम्बन्धि प्रयोगात्मक ज्ञान दिनुभएको थियो । कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष ढकालले वर्तमानका विद्यार्थीहरुमा वित्त सम्बन्धि ज्ञान जरुरी भएको हुनाले कार्यक्रमको आयोजना गरिएको विचार व्यक्त गर्नुभयो ।