महाकवि देवकोटा क्याम्पसमा पाठयोजना निर्माण कार्यशाला सम्पन्न
मिति २०८०/०२/१७ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्धेश्यले पाठयोजना निर्माण कार्यशाला सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षतामा संचालन गरिएको सो कार्यशालामा लामो समयदेखि अभ्यास शिक्षणको बाह्य परीक्षकको रुपमा काम गरि सक्नुभएका शिक्षक हरिदत्त शर्मा प्रमुख प्रशिक्षक रहनु भएको थियो । क्याम्पसका सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु साथै क्याम्पस अन्तर्गतका शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायमा अध्यापन गर्ने शिक्षकहरु गरी २० जनाको सहभागितामा कार्यशाला संचालन गरिएको थियो ।
कार्यशालामा प्रशिक्षक शर्माले शिक्षणलाई प्रभावकारी बनाउन पाठयोजनाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पाठयोजना निर्माणमा विशिष्ट व्यवहारिक उद्धेश्य, शिक्षण सामग्री, शिक्षण सिकाइ क्रियाकलाप, मूल्याङ्कन, र गृहकार्य जस्ता अङ्गहरु आवश्यक पर्ने तर्फ जोडदिँदै पाठ योजनामा विशिष्ट व्यवहारिक उद्धेश्यको निकै महत्व रहेको विचार व्यक्त गर्नु भयो । साथै प्रशिक्षक शर्माले उद्धेश्य निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरु बताउँदै उद्धेश्य अनुसार नै शैक्षिक समाग्री, क्रियाकलाप, मूल्याङ्कन र गृहकार्य निर्देशित हुने विचार व्यक्त गर्नु भयो । सो अवसरमा प्रशिक्षक शर्माले प्रशिक्षार्थीहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ पनि दिनु भएको थियो ।
कार्यशाला समापनका क्रममा अध्यक्ष ढकालले शिक्षण क्रियाकलापमा पाठयोजना नै राम वाण भएको विचार व्यक्त गर्नु भयो ।कार्यशालामा शिक्षक वविन शर्माले सहजिकरण गर्नु भएको थियो ।