महाकवि देवकोटा क्याम्पसमा Taxation ट्रेनिङ सम्पन्न

महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा आज मिति २०८०-०२-११ गतेका दिन दुई दिने Practical Accounting & Taxation Training शुभारम्भ भएको छ ।

महाकवि देवकोटा क्याम्पस अन्तर्गत BBA 5th Semester मा अध्ययनरत विद्यार्थीहरुलाई लेखा र कर सम्बन्धि प्रयोगात्मक ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त तालिममा सि.ए. महेश घिमिरे प्रशिक्षक रहनु भएको थियो । तालिममा सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी.,बी.बी.ए. संयोजक ताराप्रसाद पाण्डे शिक्षकहरु प्रविन शर्मा, बरुन ज्ञवाली साथै बी.बी.ए. पाचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गरी ४० जनाको सहभागिता रहेको थियो ।

तालिम शुभारम्भको अवसरमा बोल्दै सहायक क्याम्पस प्रमुख जि.सी.ले सैद्धन्तिक ज्ञानबाट मात्र शिक्षको लक्ष पुरा हुन नसक्ने हुनाले विषयगत प्रकृति अनुसार प्रयोगात्मक ज्ञान दिन तालिमको आयोजना गरिएको विचार व्यक्त गर्नु भयो । उक्त अवसरमा बी.बी.ए. संयोजक पाण्डेले बी.बी.ए. आफैमा प्रयोगात्मक ज्ञान र सीप विकास गर्ने कार्र्यक्रम भएको हुनाले क्याम्पसले यस्ता तालिमको आयोजना गरेर बी.बी.ए. ले अपेक्षा गरे अनुसारको शैक्षिक जनशक्ति उत्पादन गर्ने लक्ष राखेको विचार व्यक्त गर्नु भयो ।

सो अवसरमा प्रशिक्षक घिमिरेले विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिताले आफूलाई ज्ञान आदानप्रदान गर्न सहयोग पुर्याउने विचार व्यक्त गर्नु भयो । तालिममा पाचौँ सेमेस्टरमा अध्ययनरत छात्र किरन सुबेदीले सहजिकरण गरेका थिए ।