महाकवि देवकोटा क्याम्पसमा उद्यमशीलता विकास सम्बन्धी कार्यशाला प्रारम्भ

मिति २०८०/०२/०३ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा, क्याम्पसको सभाहलमा यसै क्याम्पस अन्तर्गत BBA छैठौँ र MBS तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुमा व्यवसाय संचालन सम्बन्धी नयाँ तथा प्रयोगात्मक ज्ञान साथै सीप विकास गर्ने उद्धेश्यले दुई दिने उद्यमशीलता विकास सम्बन्धी कार्यशाला प्रारम्भ भएको छ ।

महाकवि देवकोटा क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी.को अध्यक्षतामा संचालन भएको सो कार्यशालामा युवा उद्यमी नेहा अग्रवाल प्रमुख प्रशिक्षक रहनु भएको थियो भने BBA संयोजक ताराप्रसाद पाण्डे, शिक्षक विकाश राना, प्रविन शर्मा, बरुन ज्ञवाली साथै BBA छैठौँ र MBS तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गरी ६० बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक अग्रवालले व्यवसाय सञ्चालन गर्दा ध्यान दिनु पर्ने कुराहरु, अइ पर्ने समस्या र समाधानका उपायहरुको बारेमा स्पष्ट पार्नुभएको थियो । सो अवसरमा प्रशिक्षक अग्रवालले आफूले व्यवसाय प्रारम्भ गर्दाका अनुभव समेत बताउनु भएको थियो । अनुभव मन्तव्यका क्रममा सहभागीहरुको तर्फबाट BBA छैठौँ सेमेस्टरमा अध्ययनरत छात्र सन्तोष तिवारीले कार्यशालाबाट व्यवसाय संचालन सम्बन्धी नवीन ज्ञान प्राप्त भएको र आफूमा उद्यमशीलताको विकास भएको विचार व्यक्त गर्नु भयो । सोही क्रममा MBS तेस्रो सेमेस्टरमा अध्ययनरत छात्र अनिल जि.सी.ले कार्यशालाले आफू एउटा व्यवसायि बन्ने प्रेरणा प्राप्त गरेको विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा BBA संयोजक ताराप्रसाद पाण्डेको सहजिकरण र शिक्षक प्रविन शर्माको स्वागत मन्तव्य रहेको थियो ।