दृष्टिबिहिन बालबालिकाको लागि विविध सामग्री वितरण कार्यक्रम
मिति २०८१ मंसिर महिनाको १४ गते शुक्रबारका दिन महाकवि देवकोटा क्याम्पसको आयोजना यसै क्याम्पस अन्तर्गत विद्यार्थी परिषद्, सांस्कृतिक समूह साथै अन्य व्यक्तित्वहरुको प्रायोजनमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा दृष्टिबिहिन बालबालिकाहरुलाई सहयोग गर्ने उद्धेश्यले दृष्टिबिहिन बालबालिकाको लागि विविध सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेकोे अध्यक्षता पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यता, रामग्राम नगरपालिकाका नगर उप प्रमुख सम्झना चौधरीको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा क्याम्पसका निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेल, सुनवल नगरपालिका वडा नं.४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनी, वडा नं.३ का वडाध्यक्ष पविन गुरुङ, आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादव, सोही विद्यालयका प्रधानाध्यापक, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, सल्लाहकार समितिका पदाधिकारी, क्याम्पस संरक्षक, विद्यार्थी परिषद्का सभापति लगायत पदाधिकारी भाइबहिनीहरु, सांस्कृतिक समूहका अध्यक्ष लगायत पदाधिकारीहरु, युवा रेडक्रस सर्कलका अध्यक्ष लगायत पदाधिकारीहरु, दृष्टिविहीन बालबालिका, क्याम्पसका विद्यार्थी, शिक्षक गरी १३८ जनाको सहभागिता रहेको थियो । शुभकामना मन्तव्यको क्रममा विशिष्ट अतिथि चौधरीले देवकोटा क्याम्पसले यस्तो सराहनीय कार्य गरेकोमा सबैलाई धन्यवाद दिँदै थोपा थोपा मिलेर सागर बन्ने हुनाले सबैको साथ र सहयोगले आदर्श माध्यमिक विद्यालयद्वारा सञ्चालित दृष्टिविहीन बालबालिकाहरुको कक्षा सार्थक बन्ने विचार व्यक्त गर्नुुभयो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि पूर्व गृहराज्य मन्त्री कण्डेले महाकवि देवकोेटा क्याम्पसले यस क्षेत्रको गौरव बढाएको छ भन्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले देउसी भैलो खेलेर यस्तो सेवाको कार्य गरेकोमा विद्यार्थीहरु साथै यस कार्यमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो उक्त कार्यक्रममा क्याम्पसका निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेल, वडाध्यक्ष बालकृष्ण पङ्गेनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत २३ जना दृष्टिविहीन बालबालिकाहरुलाई महाकवि देवकोटा क्याम्पस, विद्यार्थी परिषद्, सांस्कृतिक समूह साथै अन्य व्यक्तित्वहरुबाट संकलितट करिव २ लाख बराबरको रकमबाट ट्रयाकसुट, जाडोको न्यानो कपडा, साथै ५ थान दराज प्रदान गरिएको थियो । उक्त कार्यक्रममा उप प्राध्यापक हरिदत्त शर्माको सञ्चालन साथै विद्यार्थी परिषद्का सभापति एलिशा बस्यालको स्वागत मन्तव्य रहेको थियो ।