आदिकवि भानुभक्त क्याम्पस, दमौली का प्रतिनिधिमण्डललाई स्वागत तथा सम्मान
2026-07-05
आज २०८३ साल असार १७ गते, महाकवि देवकोटा क्याम्पस, सुनवल मा आदिकवि भानुभक्त क्याम्पस, दमौली का प्रतिनिधिमण्डललाई स्वागत तथा सम्मान गरिएको छ।
यस अवसरमा सम्पन्न Academic Exchange & Institutional Visit कार्यक्रम अन्तर्गत दुवै क्याम्पसबीच शैक्षिक, प्राज्ञिक तथा संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ।
यस सहकार्यले संयुक्त अनुसन्धान, क्षमता विकास र उत्कृष्ट अभ्यासहरूको साझेदारीमार्फत उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं।