जर्नल विमोचन कार्यक्रम सम्पन्न

2026-07-21

आज मिति २०८३/०४/०१ गतेका दिन महाकवि देवकोटा  क्याम्पस अनुसन्धान व्यवस्थापन शाखाको आयोजनामा क्याम्पसमा अनुसन्धान कार्यलाई प्रवर्धन गर्ने उद्धेश्यले यसै क्याम्पसको सभाहलमा देवकोटा जर्नल अफ इन्टरडिसिपिलिनरी स्टडिजको भोलुम ८ विमोचन गरिएको छ । 
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य लक्ष्मी भट्टराई, क्याम्पस सल्लाहकार समितिका सदस्य प्रतिभा कार्की, क्याम्पस प्रमुख अनिल कुमार बस्नेत क्षेत्री, निवर्तमान क्याम्पस प्रमुख नारायण प्रसाद ढकाल, सहायक क्याम्पस प्रमुख प्रकाश जि.सि., विभागीय प्रमुखहरु, बिबिए एमबिएस साथै अनुसन्धान व्यवस्थापन शाखाका संयोजक, क्याम्पसमा प्राध्यापनरत शिक्षक शिक्षिका, क्याम्पस अन्तर्गत बिबिएस, बिएड, बिबिए, बिआइसिटिईमा अध्ययनरत विद्यार्थीहरु गरी करिव १२३ जनाको उपस्थिति रहेको थियो । उक्त विमोचन कार्यक्रममा बोल्दै अनुसन्धान व्यवस्थापन शाखाका संयोजक उप प्राध्यापक विकाश रानाले जर्नलमा प्रकाशित भएका अनुसन्धानमूलक लेखहरु र समावेश गरिएका विषय क्षेत्रको बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि लामिछानेले देवकोटा जर्नल अफ इन्टरडिसिपिलिनरी स्टडिजको भोलुम ८ अनावरण गरी विमोचन गर्नु भएको थियो । विमोचित जर्नलमा १२ वटा अनुसन्धानात्मक लेखहरु समावेश भएका छन् । उक्त जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशन गर्नुहुने शिक्षक शिक्षिकाहरुलाई उहाँहरुको कार्यको उच्च मूल्याङ्कन गर्दै प्रमाण पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले महाकवि देवकोटा क्याम्पस देस्रो पटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्यूएए  प्रमाण पत्र प्राप्त गर्न सफल सामुदायिक क्याम्पस भएको र क्यामपसको समग्र विकासको लागि अनुसन्धानमुखी शिक्षा अपरिहार्य हुने तथ्य मध्यनजर गर्दै क्याम्पसमा प्राध्यापनरत शिक्षक शिक्षिकाहरु अनुसन्धान कार्यमा लाग्नु पर्ने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको उप प्राध्यापक हरिदत्त शर्माले गर्नु भएको थियो ।