मेहन्दी प्रतियोगित साथै प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न
2026-07-21
आज मिति २०८३/०४/०१ गतेका दिन महाकवि देवकोटा क्याम्पस इभेन्ट्स क्लवको आयोजना साथै अतिरिक्त क्रियाकलाप शाखाको सह आयोजनामा नेपाली संस्कृतिको जर्गेना गर्नुका साथै विद्यार्थीहरुलाई नेपाली संस्कृतिको बारेमा जानकार गराउने र विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले आयोजना गरिएको मेहन्दी प्रतियोगित साथै प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस बिआइसिटिईतर्फ अध्ययनरत छात्र बालकृष्ण चौधरीको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य लक्ष्मी भट्टराई, क्याम्पस सल्लाहकार समितिका सदस्य प्रतिभा कार्कीद्वय निर्णायक मण्डलमा रहनु भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख अनिल कुमार बस्नेत क्षेत्री, निवर्तमान क्याम्पस प्रमुख नारायण प्रसाद ढकाल, सहायक क्याम्पस प्रमुख प्रकाश जि.सि., विभागीय प्रमुखहरु, बिबिए, एमबिएस साथै अनुसन्धान व्यवस्थापन शाखाका संयोजक, क्याम्पसमा प्राध्यापनरत शिक्षक शिक्षिका, क्याम्पस अन्तर्गत बिबिएस, बिएड, बिबिए, बिआइसिटिईमा अध्ययनरत विद्यार्थीहरु गरी करिव १२३ जनाको उपस्थिति रहेको थियो । सो कार्यक्रममा निर्णायक मण्डल संयोजक भट्टराईले मेहन्दी प्रतियागिताका नियमहरुको बारेमा स्पष्ट पार्नुभएको थियो । १९ जनाको सहभागिता रहेको मेहन्दी प्रतियोगितामा प्रतियोगिहरुलाई १ घण्टाको समय प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नुहने विद्यार्थीहरुलाई प्रमुख अतिथि लामिछानेले नगद पुरस्कार प्रदान गर्नुुभएको थियो भने निर्णायक मण्डल सदस्यले टीका प्रदान गर्नु भएको थियो । सोही अवसरमा विद्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभा प्रष्फुटन गर्ने उद्धेश्यले प्रतिभा प्रदर्शन कार्यक्रम समेत जोडिएको थियो । १० समूहको सहभागीता रहेको उक्त प्रतिभा प्रदर्शन कार्यक्रममा कन्चन थापाको समूहले प्रथम स्थान प्राप्त गर्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि लामिछानेले प्रथम स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाइ नगद पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछानेले महाकवि देवकोटा क्याम्पसले विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने साथै नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएकोमा कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भयो । बिबिए चौथो सेमेस्टरमा अध्ययनरत छात्रा दिक्षा सापकोटाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन छात्राद्वय मनिषा ज्ञवाली र झरना रानाले गर्नु भएको थियो ।