रक्तदान कार्यक्रम सम्पन्न
2026-08-04
रक्तदान कार्यक्रम
मिति २०८३/०४/१५ गतेका दिन महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा परासीको प्राविधिक सहयोगमा क्याम्पसले सामाजिक उत्तरदायित्व पूरा गर्ने साथै ३÷३ महिनामा नष्ट भएर जाने रगत दान गरेर सङ्कटमा परेकाहरुको जीवन बचाउने उद्धेश्यले आयोजना गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता, क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेल एवं सुनवल नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनीद्वयको वशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाका सभापति एवं क्याम्पस संरक्षक गोपालप्रसाद शर्मा, क्याम्पसका सञ्चालक समिति सदस्य शालिकराम सापकोटा, क्याम्पस प्रमुख अनिल कुमार बस्नेत क्षेत्री निवर्तमान क्याम्पस प्रमुख नारायणप्रसाद ढकाल, अतिरिक्त क्रियाकलाप शाखा संयोजक सुलोचना अर्याल, सार्वजनिक सूचना शाखाका संयोजक हरिदत्त शर्मा, स्वास्थ्य कर्मी, क्याम्पसको व्यवस्थापन सङ्काय र शिक्षाशास्त्र सङ्कायमा अध्यापनरत शिक्षक शिक्षिका साथै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु गरी करिव ७३ जनाको उपस्थिति रहेको थियो । सो कार्यक्रममा २२ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । रक्तदान गर्ने रक्तदातहरुलाई सम्मान स्वरुप कार्यक्रमका प्रमुख अतिथि साथै विशिष्ट अतिथिहरुबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।